- पहिलोचोटी सिस्टमबाट आवेदन दिनखोज्नु भएको छ र समस्या आएको छ भने प्रयोगकर्ता पुस्तिका (User Manual) पढ्नुहोस् ।

- प्रदेश लोकसेवा आयोगको वेबसाईट (https://psc.sudurpashchim.gov.np) मा गई अनलाईन आबेदनमा क्लिक गरेर पछि देखिने प्रयोगकर्ता पुस्तिका (User manual) मा क्लिक गर्नुहोस् या यस लिंकमा क्लिक गर्नुहोस्।

- दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा लग-इनमा इमेल पाउनु भएन ? (Did not receive mail ?) भन्ने लिन्क (link) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो प्रयोगकर्ता नाम इमेल र मोबाइल नम्बर हालेर बुझाउनुहोस् र आफ्नो लागि नयाँ पासवोर्ड आफैँ सिर्जना गर्नुहोस्।

- रिक्त पदमा आवेदनदिनु पुर्व मेरो प्रोफाइललाई ध्यान दिएर अपडेट गर्ने किनकी आवेदन दिएपछि मेरो प्रोफाइलका कतिपय कुराहरु जस्तै नाम (नेपालीमा) र कागजात सच्याउन दिईने छैन।

- कागजात अपलोड गर्नु पुर्व कागजातको फाइल टाइप (File Type) र फाइल साइज (File Size) मा ध्यान दिनुपर्ने हुन्छ। फाइल टाइपमा pdf, png, jpeg अनि फाइल साइज (File Size) ५०० के.बि (500 KB) वा सो भन्दा कम हुनु पर्ने छ।

- पासवोर्ड भुल्नुभयो भने पासवोर्ड भुल्नुभयो ? भन्ने ओप्सनमा क्लिक गर्नुहोस् र इमेल हालेर बुझाउनुहोस्। इमेल बुझाएपछि हजुरको पासवोर्ड रिसेटको लिंक तपाईको इमेलमा आउने छ।

- मिल्दैन। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अनलाइन सिस्टममा लगइन गर्नका लागि सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अनलाइन सिस्टममा नै दर्ता (Register) गर्नुपर्ने हुन्छ।

- लग-इन गर्नुस्

- लग-इन गरेपछि मेरो आवेदनमा जानुहोस्

- (My Application) मा क्लिक गर्नुहोस्

- त्यसपछी (View Details) थिचेर डाउनलोड गर्नु होस् वा स्वीकृत आवेदन मा क्लिक गरि डाउनलोड एडमिटकार्ड बटनमा क्लिक गरि प्रवेश पत्र डाउनलोड गर्नुहोस्।